५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–१ः कांग्रेसका बगजाईं झण्डै १३ हजार मतले अगाडि



अ+ अ-

गोरखा । गोरखा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

अहिलेसम्म गणना भएको कूल ४२ हजार एक सय २७ मतमा बजगाईंले २४ हजार तीन सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बजगाईंसँग प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का उम्मेदवार रामशरण बस्नेतले ११ हजार तीन सय २१ मत प्राप्त गरेका छन् । एमालेका बस्नेत कांग्रेसका बजगाईँभन्दा १२ हजार नौ सय ७९ मतले पछाडि परेका हुन् ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार एक सय ४० मत प्राप्त गरेको छ भने मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीले पाँच सय ३८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । बिहीबार बिहानसम्म क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अनुमान गरिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।