२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–१ः कांग्रेसका बगजाईं झण्डै १३ हजार मतले अगाडि



अ+ अ-

गोरखा । गोरखा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

अहिलेसम्म गणना भएको कूल ४२ हजार एक सय २७ मतमा बजगाईंले २४ हजार तीन सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बजगाईंसँग प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का उम्मेदवार रामशरण बस्नेतले ११ हजार तीन सय २१ मत प्राप्त गरेका छन् । एमालेका बस्नेत कांग्रेसका बजगाईँभन्दा १२ हजार नौ सय ७९ मतले पछाडि परेका हुन् ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार एक सय ४० मत प्राप्त गरेको छ भने मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीले पाँच सय ३८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । बिहीबार बिहानसम्म क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अनुमान गरिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।