२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ-१ मा राजेन्द्र पाण्डेको अग्रता कायमै, एमालेका त्रिपाठी एक हजार ६६५ मतले पछाडि



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा राजेन्द्रप्रसाद पाण्डेको अग्रता कायमै रहेको छ ।

प्रतिनिधिसभा सदस्यतर्फको कुल ४२ हजार ८३८ मत गणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एसका उपाध्यक्ष पाण्डेले १७ हजार २८९ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले १५ हजार ६२४ मत प्राप्त गरेका छन् । एसका पाण्डे र त्रिपाठीबिच १ हजार ६६५ को मतान्तर रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत पाए । हालसम्म १ हजार ५८३ मतपत्र बदर भएको छ ।