९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा
अ अ+ अ-

डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् ।

डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पटक प्रधानमन्त्री बनेका र भावि प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको कालोपत्र र स्तरोन्नति, सिँचाइ र खानेपानीमा सबैको पहुँचका साथै गुणस्तरीय शिक्षा र बेरोजगारी तथा उद्योग, कलकारखाना निर्माणका लागि आशा गरेका छन् ।

साथै पर्यटकीय हबका लागि परशुराम, उग्रतारा, कोलासमैजी, गन्याप, भागेश्वर, डागेश्वरीसम्म धार्मिक पर्यटक भित्र्याउनका लागि होमस्टे निर्माण गरी धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने, आत्मनिर्भरताका लागि आधुनिक शिक्षा स्वास्थ्यको पहल गरी विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।

डडेल्धुराबाट सातौँ पटक निरन्तरका चुनाव जित्दै आएका देउवाले अब् युग सुहाउँदो विकासका लागि पहल गर्नुपर्ने अजयमेरु– १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताउनुभयो । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोक्नका लागि उद्यमशीलतालाई जोड दिनुपर्ने र आधुनिक कृषिखेतीमा किसानलाई सहुलियत एवं अनुदानमा उहाँको जोड छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक बाह्र हजार चारसय ९२ मतान्तरले जित हासिल गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार कूल ५१ हजार दुई सय तीन मतमा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतमात्र प्राप्त गर्नुभएको थियो । अर्का उम्मेदवार नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत ल्याउनुभयो । उहाँलाई नेकपा ९एमाले० ले समेत समर्थन गरेको थियो ।

देउवाको जीवनी

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस—५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुभएको थियो । उहाँ विसं २०३६ को जनमत सङ्ग्रहदेखि नेपालका पटक पटकका विद्यार्थी आन्दोलनमा अग्रपङ्क्तिमै रहेर प्रजातन्त्रका पक्षमा लड्नुभएको छ । नेपाली कांग्रेसका सभापति देउवा २०४८ सालको आम चुनाव डडेल्धुराबाटै विजयी हुनुभएको थियो । त्यसपछि उहाँ २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाटै जित हासिल गर्दै आउनुभएको छ । सातौँ पटक पनि डडेल्धुराका मतदाताको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय नेपालको राजनीतिमा युवाप्रति आकर्षण बढ्दो देखिएको छ । चुनावमा पनि युवाले उम्मेदवारी दिएका ठाउँमा मतदाता आकर्षित भएको देखिन्छ तर यस जिल्लामा भने यहाँका नागरिकले सातौँ पटक पनि देउवालाई नै रोजेका छन् । त्यसैले पनि अब देउवाले मुलुकका युवाका लागि केही गर्नुपर्छ । उहाँले डडेल्धुराका मात्र नभएर देशभरको युवा वर्ग नै प्रेरित हुने गरी विकासको अभियानलाई अघि बढाउनुपर्छ । नेपाली सर्वसाधारण नागरिकले पनि विकासको अनुभूति हुने गरी आधुनिक प्रविधि र शिक्षामा जोड दिनुपर्छ र उहाँका अबको पार्टी तथा सरकारको नेतृत्वले युवामैत्री विकास र शिक्षाको पहल थाल्नुपर्छ ।

विसं २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो पटक कांग्रेसको सभापति बन्नुभयो । पार्टीमा पनि युवाको नेतृत्वको खुबै बहस र चर्चा भएकै थियो तर पनि देशभरका कांग्रेसका प्रतिनिधिले देउवामा नै पार्टीको भविष्य देखे र उहाँलाई निर्वाचित गरे । देउवा पाँच पटकसम्म यो मुलुकको प्रधानमन्त्री भइसक्नुभएको छ । विसं २०५२ भदौ २६ गते पहिलोपटक प्रधानमन्त्री बन्नुभएका देउवा पछिल्लो पटक विसं २०७८ असार २९ गते माओवादी लगायतका वामपन्थी दलहरुको सहकार्यमा प्रधानमन्त्री बन्नुभयो । यसरी देशमा राष्ट्रिय एकताको आवश्यकता परेका बेला उहाँ सबैलाई मिलाएर सहमति र सहकार्यको सरकार निर्माण गर्नसक्ने क्षमता राख्नुहुन्छ ।

प्रधानमन्त्री देउवा समयमै निर्वाचन गराउने जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आउनुभएको छ । यसअघि विसं २०७४ को आमनिर्वाचन सम्पन्न गराउनुभयो । केही समयमात्र अघि नेपालको पहिलो गणतान्त्रिक संविधान जारी भएको थियो र त्यसप्रति कतिपय मधेस केन्द्रित दल र नेताहरुले संविधानप्रति नै असन्तुष्टि व्यक्त गरेर निर्वाचनमा सहभागी नहुने बताएका थिए तर तत्कालीन प्रधानमन्त्री देउवाले विभिन्न चरणमा ती दलहरुसँग वार्ता गर्नुभयो र निर्वाचनका लागि तयार पार्नुभयो । सकुशल रुपमा आमनिर्वाचन भयो । उहाँले नै करिब तीन दशकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन पनि सम्पन्न गराउनुभयो जुन सराहनीय काम थियो ।

करिब छ महिनाअघि देशमा स्थानीय तहको निर्वाचन भयो त्यो पनि एकैचरणमा । पहिलो पहिले स्थानीय तहका निर्वाचन विभिन्न चरणमा गराउने गरिन्थ्यो तर यसपटक भने देशैभरि एकै दिन गत वैशाख ३० गते शान्तिपूर्ण र सफलतापूर्वक निर्वाचन सम्पन्न भयो । त्यतिबेला पनि सरकारले निर्वाचन सार्छ कि या समयमै निर्वाचन सम्पन्न हुन्छ या हुँदैन भन्ने विभिन्न अडक्लबाजी थिए तर त्यसको विपरीत देउवा सरकारले समयमै चुनाव सम्पन्न ग¥यो । प्रदेशसभा र प्रतिनिधिसभाको यो निर्वाचन पनि देउवा सरकारले समयमै र शान्तिपूर्ण रुपमा एकैदिन सम्पन्न गराउन सफल भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । हुनत यो अहिले नै भन्नु हतार हुनसक्छ तर पनि यो परिणाम हेर्दा कुनै एउटै पार्टीले स्पष्ट बहुमत हासिल गरेर सरकार निर्माण गर्नसक्नेजस्तो अवस्था देखिँदैन । कांग्रेस सभापति देउवा देशका वामपन्थीदेखि सबै राजनीतिक शक्तिलाई एकताबद्ध गरी उनीहरुसँग राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नसक्ने क्षमता राख्नुहुन्छ । अब यो निर्वाचनपछि पनि देशमा यस्तै प्रकारको सहमति निर्माण र कायम गरी अघि बढ्नसक्ने वातावरण उहाँबाट निर्माण हुने अपेक्षा नेपाली जनताले गरेका छन् । त्यसैले उता डडेल्धुराका आफ्ना मतदाताहरुका अपेक्षासँगै यता देशवासीले गरेको यो आशा र अपेक्षा पनि उहाँले मनन गर्नुपर्ने देखिन्छ । रासस