२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई सवैभन्दा बढी कर तिर्नेमा सम्मानित



अ+ अ-

काठमाडौँ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा वुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गर्नुभएको हो ।

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई विदेशी मुद्रा बैंकिङ संजाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।

आइपीओमा जाने तयारी गरिरहेको आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटकपटक सम्मानित हुँदै आएको छ ।