१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी



अ+ अ-

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामेश रिजाल निर्वाचित हुनुभएको छ । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका हुन् ।

बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेकामा कांग्रेस उम्मेदवार रिजालले ३१ हजार एक सय ४२ मत हासिल गरी विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । उनले प्रदेशसभातर्फ ४ (१) मा शङ्करप्रसाद चौधरी र (२) मा जसपाका उम्मेदवार सिंघासन साह कलवार निर्वाचित भएको बताउनुभयो ।

एमालेका उम्मेदवार जयप्रकाश थारूलाई एक हजार सात सय १६ मतान्तरले पराजित गर्दै शङ्कर चौधरी दोस्रोपटक निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एमाले उम्मेदवारले १० हजार चार सय ३८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार चौधरीले १२ हजार एक सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

उहाँले क्षेत्र नं ४(२) मा स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुलाई दुई हजार सात सय ४५ मतान्तरले पराजित गर्दै सिंघासन साह कलवार दोस्रोपटक निर्वाचित भएको बताउनुभयो ।

उनान्तीस हजार मतगणना गर्दा कानुले १२ हजार छ सय ४० मत प्राप्त गर्दा कलवारले १५ हजार तीन सय ८५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो ।




भर्खरै