८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक गार्डेनमा आन्तरिक पर्यटकको चहलपहल (तस्बीरहरु)



अ+ अ-

तनहुँ । जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित ‘घाङ्चा ल्हुम’ अग्लो ढुङ्गाको अवलोकनका लागि आन्तरिक पर्यटक पुगेका छन्। उक्त रक गार्डेन पछिल्लो समय भाइरल बनेपछि आन्तरिक पर्यटकका आर्कषण बढ्न थालेको छ ।

अग्लो ढुङ्गाको अवलोकनका लागि डिभिजन वन कार्यालयका डिभिजन प्रमुख कोमलराज काफ्ले (बीचमा) र सहायक डिभिजन वन अधिकृतलगायतका । डिभिजन वन कार्यालयको रु बीस लाख र जनसहभागिता रु पाँच लाख गरी कूल रु पच्चीस लाखको लागतमा प्राकृतिक रुपमा रहेका अग्ला ढुङ्गालाई नबिगारिकन ढुङ्गा बिच्छाएर शृगारिएपछि उक्त रक गार्डेनमा आन्तरिक पर्यटकहरुको आर्कषण बढ्न थालेको छ ।

(तस्वीर : सानेबहादुर नेपाली, रासस)

 




न्यूजपोलारबाट थप समाचार