१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा गठबन्धन अगाडि



अ+ अ-

भोजपुर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार भोजपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवारले बढी मत पाएका छन् ।

कुल खसेको ६२ हजार एक सय ६२ मतमा प्रतिनिधिसभातर्फ ११ हजार एक सय दुई मत गन्दा गठवन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सुदन किराँतीले पाँच हजार चार सय पाँच मत पाउनुभएको छ । त्यस्तै नेकपा (एमाले)का उम्मेदवार शेरधन राईले चार हजार एक सय ८५ मत प्राप्त गर्नुभएको सार्वजनिक गरिएको गणना विवरणमा उल्लेख गरिएको छ । दुवै उम्मेदवारबीचको मतान्तर एक हजार दुई सय २१ देखिएको छ भने अझै ५१ हजार ७९ मत गन्न बाँकी छ ।

यता प्रदेशसभा (१) तर्फ पनि गठबन्धन दलका उम्मेदवार प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई अगाडि हुुनुहुन्छ । एघार हजार आठ सय ५३ मत गनिरहँदा उहाँले छ हजार एक सय ९७ मत प्राप्त गर्नुभएको छ भने एमालेका हरिबहादुर राईले चार हजार दुई सय ३९ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उम्मेदवारबीचको मतान्तर एक हजार नौ सय ५८ देखिएको छ ।

यस्तै प्रदेशसभा ९२० तर्फ पनि गठबन्धनका उम्मेदवार कांग्रेसका विनोद बान्तवाले दुई हजार नौ सय ४६ मत प्राप्त गर्दा एमालेका खडगबहादुर कार्कीले दुई हजार सात सय १८ मत पाउनुभयो । दुई सय २८ मत दुई उम्मेदवारबीचको अन्तर हो ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा ५० प्रतिशत मतदान भएको थियो भने यहाँ दुवैतर्फ गरेर २५ जना दल र स्वतन्त्रको उम्मेदवारी परेको थियो । प्रतिनिधिसभातर्फ १२, प्रदेश (१) मा सात र प्रदेश (२) मा छ गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचनका लागि ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र एक अन्य गरी कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता थिए ।