९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मधेस प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि ?

मधेस प्रदेशः आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि ?
अ अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी मंगलबार दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र नं ४ मा मतगणना सुरु भएसँगै प्रदेशका सबै निर्वाचन क्षेत्रको मतगणना भइरहेको मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो ।

मधेस प्रदेशका धनुषा, सप्तरी, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी र बारासहित सबै जिल्लामा चार–चारवटा प्रतिनिधिसभा र आठ–आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

निर्वाचन आयोग र सम्बन्धित क्षेत्रका मतदान अधिकृतबाट प्राप्त विवरणलाई आधार मानेर हाम्रा स्थानीय समाचारदाताहरूले दिएको पछिल्लो जानकारी (राति १०ः५० सम्म)अनुसार यहाँका ३२ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस आठ, नेकपा (एमाले) छ, स्वतन्त्र उम्मेदवार पाँच, जनता समाजवादी पार्टीका उम्मेदवार पाँच, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी दुई–दुई स्थानमा अगाडि रहेका छन् ।

निर्वाचन आयोगको परिणाम र स्थानीय समाचारदातासमेतको विवरणअनुसार प्रदेशका विभिन्न जिल्लाका आठ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

नेपाली कांग्रेसबाट सिरहा–१ मा पदमनारायण चौधरी, रौतहट–४ मा देवप्रसाद तिमलसेना, महोत्तरी–४ मा महेन्द्रकुमार राय, सप्तरी–३ मा दिनेशकुमार यादव, सप्तरी–४ तेजुलाल चौधरी, पर्सा–२ अजयकुमार चौरसिया, पर्सा–३ सुरेन्द्रकुमार चौधरी र पर्सा–४ मा रमेश रिजाल अगाडि हुनुहुन्छ ।

एमालेका आठ उम्मेदवारले पनि प्रदेशका विभिन्न आठ क्षेत्रमा अग्रता लिइरहेका छन् । यहाँ एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, धनुषा–२ मा उमाशङ्कर अरगरिया, धनुषा–४ रघुवीर महासेठ, सिरहा–३ मा लीलानाथ श्रेष्ठ, बारा–१ मा अच्युतप्रसाद मैनाली र महोत्तरी–१ मा लक्ष्मी काइतो कोइरी अगाडि हुनुहुन्छ ।

यसैगरी माओवादी केन्द्रका दुई उम्मेदवारले अग्रता लिइरहनुभएको छ । सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्रराय यादव, सर्लाही–३ मा नरेन्द्र साह कलवारले अग्रता लिइरहनुभएको हो । एकीकृत समाजवादीबाट पनि रौतहट–१ मा पार्टी अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नं ४ एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ अगाडि हुनुहुन्छ ।

मधेस आन्दोलनका मुख्य दलहरूमध्ये जनता समाजवादी पार्टी (जसपा)बाट सिरहा–४ वीरेन्द्रप्रसाद महतो, सप्तरी–१ मा नवलकिशोर साह सुडी, पर्सा–१ मा प्रदीप यादव, धनुषा–१ मा दीपक कार्की र बारा–३ मा रामबाबुकुमार यादवले अग्रता लिइरहनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ रामप्रकाश चौधरीले अग्रता लिइरहनुभएको छ भने जनमत पार्टीबाट सप्तरी–२ मा पार्टी अध्यक्ष सिके राउत र सिरहा–२ मा विनोदकुमार यादव अगाडि हुनुहुन्छ ।

मधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पाँच जना स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहनुभएको छ । महात्तरी–३ मा रामआधार कापर, रौतहट–२ मा किरणकुमार साह, रौतहट–३ मा प्रभु साह, सर्लाही–४ मा अमरेशकुमार सिंह र बारा–२ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव अग्रस्थानमा हुनुहुन्छ ।

महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार आठ सय ९३ मतसहित अग्रता लिइरहँदा ठाकुरले एक हजार पाँच सय ४५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा हुनुहुन्छ । त्यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउत २२ हजार दुई सय ६० मत प्राप्त गर्दा यादव ११ हजार तीन सय २३ मतसहित पछाडि हुनुहुन्छ ।

यसैगरी सर्लाही–२ मा लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो सत्ता गठबन्धनकै उम्मेदवार महेन्द्र राय यादवसँग प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ रायले दुई हजार तीन सय ४२ र महतोले एक हजार सात सय १५ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्ण पर्सा–१ मा प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ जसपाका प्रदीप यादव नौ हजार छ सय ३४ मतसहित अग्रस्थानमा हुँदा कर्ण पाँच सय २८ मतसहित चौथो स्थानमा हुनुहुन्छ । यसैगरी लोसपा नेता अनिल झा धनुषा–३ मा एमाले उम्मेदवार जुलीकुमारी महतोभन्दा पछाडि हुनुहुन्छ । यहाँ महतोले सात हजार पाँच सय ४४ र झाले छ हजार एक सय ६० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा ९माओवादी केन्द्र० उपमहासचिव मात्रिका यादव धनुषा–१ मा तेस्रो नम्बरमा हुनुहुन्छ । यहाँ जसपा उम्मेदवार दीपक कार्कीले तीन हजार ६० ल्याउँदा यादवले एक हजार नौ सय ५१ मत प्राप्त गर्नुभएको छ ।