• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो



एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ ।

दोहास्थित स्टेडियम–९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन् ।

खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो । लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।

मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो । यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अङ्क जोडेको छ ।

समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । मेक्सिको एक अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै साउदी अरेबिया तीन अङ्क जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।