• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

कतार विश्वकपः डेनमार्क र ट्युनिसियाको बराबरी



एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ फुटबल अन्तर्गत डेनमार्क र ट्युनिसियाले बराबरी खेलेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलमै दुबै टोलीले अंक बाड्नुपर्यो ।

यस बराबरीसँगै समूह ‘डी’ का दुबै टोलीले एक एक अंक जोडे ।