२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन



अ+ अ-

एजेन्सी । भारतीय टोलीका स्टार विकेटकिपर/ब्याट्सम्यान ऋषभ पन्तले आफ्नो जीवनको सबैभन्दा कठिन समयको बारेमा खुलासा गरेका छन् ।

ऋषभ पन्त हालै शिखर धवनको नयाँ शो ‘धवन करेंगे’ मा सहभागी भएका छन् । यसै क्रममा २६ वर्षीय पन्तले गम्भीर कार दुर्घटनापछि आफूले भोगेको असहनीय पीडाबारे खुलेर कुरा गरे ।

ऋषभ पन्तको धेरै ठाउँमा फ्र्याक्चर भयो र लिगामेन्टका लागि घुँडाको शल्यक्रिया गर्नुपर्यो । यी चोटहरू उनको करियरको लागि विनाशकारी थिए, तर उनले हालै १५ महिनाको अन्तरालपछि आईपीएल २०२४ मा पुनरागमन गरे र टी–२० विश्वकपको लागि भारतीय टोलीमा समावेश भए ।

चोटपछिको आफ्नो अनुभवको बारेमा कुरा गर्दै ऋषभ पन्तले भने, ‘चोटबाट निको हुनको लागि आत्मनिर्भरता र आत्मविश्वास धेरै महत्त्वपूर्ण छ किनभने तपाई वरपरका मानिसहरूले सबै प्रकारका कुरा गर्छन् । व्यक्तिगत रूपमा तपाईले सोच्नुपर्छ कि तपाईको लागि के राम्रो छ । कार दुर्घटना मेरो लागि जीवन परिवर्तन गर्ने अनुभव थियो । जब मेरो आँखा खुल्यो, मलाई विश्वास थिएन कि म बाँच्न सक्छु । तर भगवानले मलाई बचाउनुभयो ।’

उनले थप भने, ‘मैले दुई महिनासम्म दाँत माझिनँ । मैले करिब छ–सात महिनासम्म असहनीय पीडा सहें । ह्वीलचेयरमा बसेर मानिसहरूसँग सामना गर्न हिचकिचाउने भएकाले मलाई विमानस्थल जान मन लागेन । अहिले क्रिकेटमा फर्किएपछि म दबाबभन्दा पनि उत्साहित महसुस गर्छु । मलाई यो दोस्रो जीवन जस्तै लाग्छ । म उत्साहित छु र अलि नर्भस पनि छु ।’

ऋषभ पन्तले आईपीएल २०२४ मा पुनरागमन गर्दै दिल्ली क्यापिटल्सको नेतृत्व गरेका थिए । उनले १३ खेलमा तीन अर्धशतकको सहयोगमा ४ सय ४६ रन बनाएका छन् । पन्तको औसत ४०.५५ र स्ट्राइक रेट १५५.४० थियो । उनको उत्कृष्ट स्कोर अविजित ८८ रन थियो । पन्तले दिल्ली क्यापिटल्सलाई प्लेअफमा पुर्‍याउन नसके पनि उनको व्यक्तिगत प्रदर्शनबाट फ्यानहरू निकै खुसी थिए । भारतीय फ्यानहरूले आगामी टी–२० विश्वकपमा पन्तबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् ।