२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता



अ+ अ-

दाङ । प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ ।

जिल्लाको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले दुई हजार तीन सय १३ मत सहित अग्रस्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले एक हजार पाँच सय ३३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँहरुबीच सात सय ८० मतले मतान्तर छ । उक्त क्षेत्रमा ८० हजार सात सय मत खसेको थियो ।

सोही क्षेत्रको १ को प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारुले दुई हजार एक ३३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका गङ्गाराम भट्टराईले दुई हजार १९ मत प्राप्त गर्नुभएको छ । चार हजार सात सय ९३ मतगणना भएको छ ।

यसैबीच सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली कांग्रेसका अनुराग खड्काले दुई हजार आठ सय ६३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार कूलबहादुर केसीले दुई हजार तीन सय ६९ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार ९माओवादी केन्द्र०का रेखा शर्माले अग्रता कायम राख्नुभएको छ । शर्माले आठ हजार छ सय १६ प्राप्त गर्नुभएको भने नेकपा ९एमाले०का उम्मेदवार शङ्कर पोखरेलले छ हजार आठ सय सात मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

उहाँकाबीच एक हजार आठ सय आठ मतान्तर रहेको छ । हालसम्म २० हजार छ सय ७८ मतगणना भएको छ । क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो ।

यसैबीच दाङ क्षेत्र नं २ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडि हुनुहुन्छ । कांग्रेसका खनालले पाँच हजार नौ सय ८४ मत प्राप्त गर्नुभएको भने नेकपा (एमाले)का उम्मेदवार बलिभद्र रानाले चार हजार नौ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

दाङ क्षेत्र नं २ को प्रदेशसभा २ मा भने भरखरै मतगणना सुरु भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले चार सय ८५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले चार सय मत प्राप्त गर्नुभएको छ ।

यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा भएको प्रतिनिधिसभामा सदस्यमा गठबन्धनकातर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले तीन हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का उम्मेदवार कोमल वलीले दुई हजार नौ सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डोलनाथ घिमिरेले जानकारी दिनुभयो । अहिलेसम्म आठ हजार चार सय ९४ मतगणना भएको छ ।

दाङ निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकामा ९० हजार एक सय ३२ मत खसेको थियो ।
दाङ क्षेत्र नं ३ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्ली चौधरीले पाँच हजार दुई सय ६० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डेले चार हजार एक सय ९१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकामा ४० हजार पाँच सय ७० मत खसेको थियो ।

क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत माओवादी केन्द्रका धनबहादुर मास्कीले पाँच हजार चार सय ८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा९एमाले०का हुकुम बस्नेतले पाँच हजार ७४ मत प्राप्त गर्नुभएको छ । हालसम्म १२ हजार छ सय ७८ मतगणना भएको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकामा ४९ हजार नौ सय ५० मत खसेको थियो ।