२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले अग्रता लिएका छन् ।

लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेतले छ हजार पाँच सय ९२ मत प्राप्त गरेका छन् । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले चार हजार छ सय ४० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले अग्रता लिएका छन् । दुलालले छ हजार छ सय ७२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का अमान सिंह तामाङले चार हजार चार सय २९ मत पाएका छन् । दुलालले दुई हजार दुई सय ४३ मतको अग्रता लिएका हुन् ।