• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला ★   अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो ★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै

धादिङको दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता



धादिङ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिएका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को १६ हजार छ सय ६९ मत गणना भएको छ । गणना भएको मतको परिणामअनुसार नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डेले सात हजार ३९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का भूमिप्रसाद त्रिपाठीले छ हजार सात सय ७९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले दुई हजार एक सय २० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८१ हजार एक सय २६ मत खसेको छ ।

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा अहिले नौ हजार छ सय २१ मत गणना भएको छ । अहिलेसम्मको गणना भएको मत परिणामअनुसार अधिकारीले चार हजार आठ सय ७६ मत पाएका छन् । एमालेका खेमप्रसाद लोहनीले तीन हजार आठ सय ५३ मत पाएका छन् । यो क्षेत्रमा ६७ हजार छ सय एक मत खसेको छ ।

मत गणनाको अहिलेसम्मको परिणामले क्षेत्र नं १ मा एकीकृत समाजवादीका उम्मेदवार पाण्डे र एमाले उम्मेदवार त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी लगातार अगाडि देखिएका छन् । मत गणना ढिलो हुँदा परिणाम आउन अझै दुई दिन लाग्नसक्ने देखिन्छ ।

हालसम्म भइरहेको मत गणनाको गतिलाई हेर्दा एक हजार पाँच सय मत गणना गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।