६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता



अ+ अ-

धादिङ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिएका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को १६ हजार छ सय ६९ मत गणना भएको छ । गणना भएको मतको परिणामअनुसार नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डेले सात हजार ३९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का भूमिप्रसाद त्रिपाठीले छ हजार सात सय ७९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले दुई हजार एक सय २० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८१ हजार एक सय २६ मत खसेको छ ।

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा अहिले नौ हजार छ सय २१ मत गणना भएको छ । अहिलेसम्मको गणना भएको मत परिणामअनुसार अधिकारीले चार हजार आठ सय ७६ मत पाएका छन् । एमालेका खेमप्रसाद लोहनीले तीन हजार आठ सय ५३ मत पाएका छन् । यो क्षेत्रमा ६७ हजार छ सय एक मत खसेको छ ।

मत गणनाको अहिलेसम्मको परिणामले क्षेत्र नं १ मा एकीकृत समाजवादीका उम्मेदवार पाण्डे र एमाले उम्मेदवार त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी लगातार अगाडि देखिएका छन् । मत गणना ढिलो हुँदा परिणाम आउन अझै दुई दिन लाग्नसक्ने देखिन्छ ।

हालसम्म भइरहेको मत गणनाको गतिलाई हेर्दा एक हजार पाँच सय मत गणना गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।