२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता



अ+ अ-

धादिङ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिएका छन् ।

धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ को १६ हजार छ सय ६९ मत गणना भएको छ । गणना भएको मतको परिणामअनुसार नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डेले सात हजार ३९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का भूमिप्रसाद त्रिपाठीले छ हजार सात सय ७९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले दुई हजार एक सय २० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८१ हजार एक सय २६ मत खसेको छ ।

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा अहिले नौ हजार छ सय २१ मत गणना भएको छ । अहिलेसम्मको गणना भएको मत परिणामअनुसार अधिकारीले चार हजार आठ सय ७६ मत पाएका छन् । एमालेका खेमप्रसाद लोहनीले तीन हजार आठ सय ५३ मत पाएका छन् । यो क्षेत्रमा ६७ हजार छ सय एक मत खसेको छ ।

मत गणनाको अहिलेसम्मको परिणामले क्षेत्र नं १ मा एकीकृत समाजवादीका उम्मेदवार पाण्डे र एमाले उम्मेदवार त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी लगातार अगाडि देखिएका छन् । मत गणना ढिलो हुँदा परिणाम आउन अझै दुई दिन लाग्नसक्ने देखिन्छ ।

हालसम्म भइरहेको मत गणनाको गतिलाई हेर्दा एक हजार पाँच सय मत गणना गर्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।