१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ २ः कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ । आज बिहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणामअनुसार भण्डारीले १६ हजार चार सय ९६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले १३ हजार सात सय ४८ मत प्राप्त गर्नुभएको छ । हालसम्म ३६ हजार एक सय आठ मतगणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार तीन सय ५४ र राप्रपाका नरेन्द्रप्रताप महतले पाँच सय सात मत प्राप्त गर्नुभएको छ ।

प्रदेश (१) तर्फ नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिनुभएको छ । न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । प्रदेश (२) तर्फ नेपाली कांग्रेसका जीतप्रकाश आलेले पाँच हजार पाँच सय ६० र नेकपा (एमाले)का केदार सिग्देलले चार हजार आठ सय ३७ मत प्राप्त गर्नुभएको छ ।




भर्खरै