१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ रुपन्देहीको सम्पूर्ण क्षेत्रको पछिल्लो अपडेट



अ+ अ-

काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् । क्षेत्र नं १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा एक हजार सात सय ३८ मतका साथ अगाडि हुनुहुन्छ भने नागरिक उन्मुक्तिका लालवीर चौधरीले एक हजार पाँच सय ९७ मतका साथ पछ्याइरहनुभएको छ । सत्तागठबन्धनका उम्मेदवार घनश्याम भुसाल एक हजार चार सय चार मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

रुपन्देही २ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिनुभएको छ । पछिल्लो मत परिणामअनुसार दुई हजार दुई सय ४४ मतका साथ उहाँले अग्रता लिनुभएको छ भने एक हजार नौ सय ४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहनुभएको छ ।

तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुभएका जनमुक्तिका केशव थापाले एक हजार चार सय ६१ मत ल्यानुभएको छ । क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिनुभएको छ । दोस्रो स्थानमा राप्रपाका दीपक बोहोरा हुनुहुन्छ । उहाँले एक हजार चार सय ३६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिनुभएको छ । उहाँले तीन हजार नौ सय ९४ मतका साथ अग्रता लिनुभएको हो । कांग्रेसका प्रमोद यादवले दुई हजार सात सय ६१ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने जनमतका भोपेन्द्र यादवले दुई हजार एक सय १४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिनुभएको छ । उहाँले पाँच हजार ७० मत प्राप्त गर्दा कांग्रेसका भरतकुमार शाहले चार हजार सात सय ५२ मत प्राप्त गर्नुभएको छ ।




भर्खरै