२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ–२ मा कांग्रेसका अधिकारी अगाडि



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ ।

मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उनले दुई हजार नौ सय ६१ मत पाएका छन् ।

उनका प्रत्यासी नेकपा (एमाले) का खेमप्रसाद लोहनीले दुई हजार पाँच सय ५६ मत पाएका छन् । धादिङ क्षेत्र नं २ को प्रदेशसभा (१) सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द लम्साल र एमालेबाट डा रामकुमार अधिकारीबीच प्रतिस्पर्धा छ । त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्रका जगतबहादुर सिङ्खडा र राप्रपाका डम्बर तामाङबीच प्रतिस्पर्धा छ ।

धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा (१)मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा गठबन्धनका लम्सालले एक हजार पाँच सय ५७ मत पाउनुभएको छ भने एमाले–राप्रपाका साझा उम्मेदवार अधिकारीले एक हजार चार सय ९२ मत पाएका छन् ।

त्यस्तै प्रदेशसभा (२) मा एमाले–राप्रपाका साझा उम्मेदवार तामाङले एक हजार छ सय १० मत पाएका छन् भने गठबन्धनका सिङ्खडाले एक हजार पाँच सय ६७ मत पाएका छन् ।




भर्खरै