• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा ★   प्रतिनिधिसभा बैठक लाईभ ★   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने पक्राउ ★   विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टिमको यस्तो छ अभ्यास तालिका

धादिङ–२ मा कांग्रेसका अधिकारी अगाडि



काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ ।

मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उनले दुई हजार नौ सय ६१ मत पाएका छन् ।

उनका प्रत्यासी नेकपा (एमाले) का खेमप्रसाद लोहनीले दुई हजार पाँच सय ५६ मत पाएका छन् । धादिङ क्षेत्र नं २ को प्रदेशसभा (१) सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द लम्साल र एमालेबाट डा रामकुमार अधिकारीबीच प्रतिस्पर्धा छ । त्यस्तै प्रदेशसभा (२) मा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्रका जगतबहादुर सिङ्खडा र राप्रपाका डम्बर तामाङबीच प्रतिस्पर्धा छ ।

धादिङ २ मा एमाले र राप्रपाबीच तालमेल छ । तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभा (१)मा राप्रपाले एमालेलाई सघाएको छ भने प्रदेश २ मा एमालेले राप्रपालाई सहयोग गरेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा गठबन्धनका लम्सालले एक हजार पाँच सय ५७ मत पाउनुभएको छ भने एमाले–राप्रपाका साझा उम्मेदवार अधिकारीले एक हजार चार सय ९२ मत पाएका छन् ।

त्यस्तै प्रदेशसभा (२) मा एमाले–राप्रपाका साझा उम्मेदवार तामाङले एक हजार छ सय १० मत पाएका छन् भने गठबन्धनका सिङ्खडाले एक हजार पाँच सय ६७ मत पाएका छन् ।