१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ १० मा कांग्रेसका केसीको अग्रता



अ+ अ-

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र १० को मत गणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी अग्रता लिई रहेका छन् ।

उनलाई राष्टिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार आठ सय ८३ मतका साथ पछ्याई रहेका छन् । तेस्रो स्थानमा नेकपा (एमाले)का हिमेश केसीले दुई हजार चार सय २७ प्राप्त गरेका छन् । क्षेत्र न १० अन्तर्गत कीर्तिपुर नगरपालिकाको वडा न १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । कीर्तिपुर वडा नं ७ र ८ को गणना सुरु गरिएको जानकारी निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले दिए ।

प्रदेशसभातर्फ क्षेत्र नं (१) को हालसम्मको परिणामअनुसार कांग्रेसका पुकार महर्जन चार हजार ९६ मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटाले दुई हजार नौ सय २४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका शिवभक्ति बलामीले दुई हजार तीन सय ७८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १० मा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ । कीर्तिपुरका १, २, ३ र ४ वडाको मतगणना सकिँदा सो पार्टीले दुई हजार २५ मत प्राप्त गरेको छ दोस्रोमा कांग्रेसले एक हजार नौ सय ९० मत प्राप्त गरेको छ भने नेकपा एमालेले एक हजार एक सय ५३ मत प्राप्त गरेको छ ।