५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ १ मा मेटमणी चौधरीको अग्रता कायमै



अ+ अ-

काठमाडौँ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता कायम गरेका छन् । ४ हजार ६१५ मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार चौधरीले १ हजार ७७६ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १ हजार १५१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ६२५ छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ९३७ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र प्रसाद चौधरीले ४५३ मत पाएका छन् ।