२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा कांग्रेसका जोशीको अग्रता कायमै



अ+ अ-

पर्वत । पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । जिल्लामा कूल खसेको ६६ हजार दुई सय ७३ मतमध्ये बिहान ६ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आठ हजार आठ सय ५२ मत गणना गरिएको छ ।

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा ९एमाले०का उम्मेदवार पदम गिरीलाई चार सय ८६ मतान्तरले पछि पारेका छन् । जोशीले चार हजार एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने गिरीले तीन हजार छ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार सुदीप कुँवरले तीन हजार नौ सय ६५ मत प्राप्त गरेका छन् भने एमालेका भक्त कुँवरले तीन हजार आठ सय १२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले पाँच सय ३० मतले पछि पार्दै अग्रता कायम राखेका छन् । पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले तीन हजार एक सय ७१ र एमालेका बस्यालले तीन हजार सात सय मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार मतगणना जारी रहेको र बुधबार बेलुकासम्म अन्तिम परिणाम आउन सक्ने जानकारी दिएको छ ।