२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ क्षेत्र नं ३ः कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै



अ+ अ-

दाङ । दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा उहाँले दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उहाँहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ । अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।

सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले तीन हजार मत प्राप्त गर्नुभएको छ गर्नुभएको छ भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको छ ।

छ हजार छ सय ५८ मतगणना हुँदा उहाँहरुबीचको मतान्तर चार सय २३ रहेको छ । दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो ।
दाङ ३ (२) मास्कीको अग्रता दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की९राजेश०ले दुई हजार आठ सय ५२ मत प्राप्त गर्नुभएको छ भने एमालेका हुकुम बस्नेतले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म छ हजार दुई सय ७७ मत गणना भएको छ । उहाँहरुबीचको मतान्तर तीन सय ७० रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ५० मत खसेको थियो ।