२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ क्षेत्र नं ३ः कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै



अ+ अ-

दाङ । दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा उहाँले दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उहाँहरुबीच दुई सय ८८ को मतान्तर रहेको छ । अहिलेसम्म छ हजार एक सय ८० मतगणना भएको छ ।

सो क्षेत्रमा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकोमा ९० हजार एक सय ३२ मत खसेको थियो । त्यस्तै प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका डिल्ली चौधरीले तीन हजार मत प्राप्त गर्नुभएको छ गर्नुभएको छ भने एमालेका उम्मेदवार घनश्याम पाण्डेले दुई हजार पाँच सय ६६ मत प्राप्त गर्नुभएको छ ।

छ हजार छ सय ५८ मतगणना हुँदा उहाँहरुबीचको मतान्तर चार सय २३ रहेको छ । दाङ ३ को १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँचसय ७० मत खसेको थियो ।
दाङ ३ (२) मास्कीको अग्रता दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की९राजेश०ले दुई हजार आठ सय ५२ मत प्राप्त गर्नुभएको छ भने एमालेका हुकुम बस्नेतले दुई हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म छ हजार दुई सय ७७ मत गणना भएको छ । उहाँहरुबीचको मतान्तर तीन सय ७० रहेको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकोमा ४९ हजार नौ सय ५० मत खसेको थियो ।