२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरका दुई क्षेत्रमा कांग्रेस र एकमा एमाले अगाडि



अ+ अ-

कञ्चनपुर । तीन प्रतिनिधिसभा क्षेत्र रहेकोे कञ्चनपुरका दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा ९एमाले०ले अग्रता लिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता कायम राख्नुभएको छ । तीन हजार ८०१ मत गणना हुँदा तामाङले एक हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार बिना मगरले ८६६ मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राख्नुभएको छ । तीन हजार दुई सय मत गणना हुँदा साउदले एक हजार तीन सय २७ मत प्राप्त गनुभएको छ भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले एक हजार दुई सय नौ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा नौ हजार ४४१ मत गणना हुँदा नेपाली कांग्रेसका रमेश लेखक चार हजार आठ सय ५९ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरु पालले दुई हजार छ सय ७९ मतसहित लेखकलाई पछ्याइरहनुभएको छ ।रासस