६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा–२ मा मतगणना हुन सकेन



अ+ अ-

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । नेकपा (एमाले) लगायतका दलले नेपाली कांग्रेसले चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरेको आरोप लगाउँदै पुनःमतदानको माग गरेपछि मतगणना हुन नसकेको हो ।

चापाकोट नगरपालिकाको वडा नं ३, ४ र ५ का दिसिङकोट आधारभूत विद्यालय कमिरे, राममन्दिर माध्यमिक विद्यालय दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदीपोखरी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप एमालेको छ ।

बुथ कब्जा गरी मतदान भएका मतदानस्थलमा पुनः मतदान नहुँदासम्म मतगणना कार्यमा सहभागी नहुने दाबी गर्दै एमाले निकट नेता कार्यकर्ताले अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आज नै एमालेलगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गरी पुनःमतदान गर्नुपर्ने माग गरेका थिए । स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । स्याङ्जा क्षेत्र नं १ मा अहिले मतगणना जारी रहेको छ ।