१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा–२ मा मतगणना हुन सकेन



अ+ अ-

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । नेकपा (एमाले) लगायतका दलले नेपाली कांग्रेसले चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरेको आरोप लगाउँदै पुनःमतदानको माग गरेपछि मतगणना हुन नसकेको हो ।

चापाकोट नगरपालिकाको वडा नं ३, ४ र ५ का दिसिङकोट आधारभूत विद्यालय कमिरे, राममन्दिर माध्यमिक विद्यालय दार्सिङ, दिनदयालु आधारभूत विद्यालय र जनसक्रिय आधारभूत विद्यालय चिदीपोखरी मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप एमालेको छ ।

बुथ कब्जा गरी मतदान भएका मतदानस्थलमा पुनः मतदान नहुँदासम्म मतगणना कार्यमा सहभागी नहुने दाबी गर्दै एमाले निकट नेता कार्यकर्ताले अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आज नै एमालेलगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गरी पुनःमतदान गर्नुपर्ने माग गरेका थिए । स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । स्याङ्जा क्षेत्र नं १ मा अहिले मतगणना जारी रहेको छ ।