२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणनाको प्रारम्भिक रुझान, ठूला दल दबाबमा



file
अ+ अ-

काठमाडौंः युवाले नेतृत्व गरेका नयाँ दल र स्वतन्त्र उम्मेदवारले निकै ठूलो दबाब सिर्जना गरेपनि अधिकांश स्थानमा ठूला र स्थापित दलले नै मतगणनामा अग्रता लिन थालेको पाइएको छ ।

मतगणनाको पछिल्लो विवरणमा नेपाली काँग्रेस, नेकपा एमालेले सबैभन्दा बढी स्थानमा अग्रता कायम गरेका छन् । नेकपा एमालेले अपराह्न ४ बजेसम्म कूल ४४ स्थानको मतगणनामध्ये १५ स्थानमा अग्रता बनाएर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १ स्थान (मुस्ताङ)मा विजय बाहेक अरु १२ स्थानमा अग्रता कायम गरेको छ ।

अर्थात् परम्परागत दुई ठूला दलले ४४ मध्ये २८ स्थानमा अग्रता कायम गरेका छन् ।

तेस्रो स्थानमा भने रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता बनाइरहेको छ जसलाई सबैले आश्चर्यजनक परिणामका रुपमा लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले २, नेकपा माओवादी केन्द्रले १ तथा अन्यले ४ स्थानमा अग्रता बनाएका छन् ।

मतदान सम्पन्न भएका सबैजसो स्थानमा मतगणना जारी छ । मतगणनाको पछिल्ला नतिजा न्यूजपोलारले नियमित रुपमा अपडेट गरिरहेको छ ।