६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको क्षेत्र नं २ मा जनमत पार्टीको सुरुआती अग्रता, क्षेत्र नं १ को मतगणना सुरु



अ+ अ-

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनासँगै भइरहेको र प्रारम्भिक मतगणनामा नौ सय मतमध्ये क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको सुरुआती अग्रता देखिएको छ । उहाँको छ सय २९ मत प्राप्त हुँदा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक सय ६९ मत ल्याउनुभएको छ ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ५९ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ (क) मा जनमत पार्टीका सतिश सिंहले सात सय ३१ मत प्राप्त गर्दा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले एक सय ५२ र जसपाका शैलेन्द्रप्रसाद साहले एक सय ५२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा क्षेत्र नं २ (ख) मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा लोकतान्त्रिक– वाम गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि मतगणना गर्ने भनिए पनि उम्मेदवारले ढिलागरी आफ्नो प्रतिनिधि पठाएकाले ११ बजेदेखि गणना सुरु भएको प्रमुख जोशीले बताउनुभयो । क्षेत्र नं ३ र ४ मा पनि मतगणनाको तयारी भइरहेको उहाँको भनाइ थियो । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरीमा करिब ६२ प्रतिशत मतदान भएको थियो ।