काठमाडौं । राष्ट्रियसभाका सांसद भगवती न्यौपानेले दार्चुलाको घटनाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबारको बैठकमा बोल्दै उहाँले भन्नुभयो, "गृहमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । दार्चुलामा जुन घटना घट्यो महाकाली तर्ने सन्दर्भमा एउटा युवाको नदीमा बगेर बेपत्ता भएको खबरले आज देश स्तब्ध भएको छ ।"
उहाँले अगाडी भन्नुभयो, "जनतालाई दुखेको छ, सिंगो देशलाई दुखेको छ । तर माननीय गृहमन्त्रीज्युको प्रस्तुती अत्यन्तै हल्का र गैरजिम्मेवार भएको महशुस भएको छ । किनभने जब प्रत्यक्षदर्शीले भारतीय सीमासुरक्षाबल एसएसबीको कारणले गर्दा तुइन काटिएको भनेर भनिसक्दा पनि किन नेपाल सरकारले भारत सरकारलाई सोध्ने आँट गरेन यसबारे जवाफ चाहियो ।"











