१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुमको छथरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतपत्र साटिएपछि पुन: मतदान हुने



अ+ अ-

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि मंगलबार पुनः मतदान हुने भएको हो ।

जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पुनः मतदानको लागि निर्वाचन आयोगमा पत्र पठाईसकेको छ ।

उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको ठाउमा प्रदेशसभा प्रत्यक्षको र प्रदेशसभाको प्रत्यक्षको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र दिएको खुलेको छ ।

त्यस्तै उक्त मतदान केन्द्रबाट ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । यस केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।