२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अघिल्लो चुनावभन्दा करिब सात प्रतिशत बिन्दुले न्यून मतदान



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अघिल्लो पटकभन्दा यसपटक कम मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ । जुन निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो । विसं २०७४ मा मङ्सिर १० र २१ गते गरी दुई चरणमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मतदान भएको आयोगको विवरण छ । यसपटकको निर्वाचनमा भएको मतदानको प्रारम्भिक विवरण हेर्दा अघिल्लो पटकभन्दा सात दशमलव ६७ बिन्दुले न्यून मतदान भएको देखिएको हो ।

त्यस्तै, यो निर्वाचनमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको तुलनामा पनि न्यून मतदान भएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८६ प्रतिशत मत खसेको थियो ।

विसं २०७४ को चुनावमा अन्तिम मतदाता नामावलीमा नाम रहेका मतदाताको सङ्ख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ थियो । जसमध्ये एक करोड पाँच लाख ९३ हजार नौ सय ९१ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

यसपटकको चुनावमा अन्तिम मतदाता नामावलीमा रहेका मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लो चुनावमा भन्दा यसपटक थपिएका मतदाताको सङ्ख्या २५ लाख ६० हजारभन्दा बढी छ ।

निर्वाचन आयोगका अनुसार आइतबार केही स्थानको चुनाव भने स्थगित भएको छ । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौरलगायत अन्य आठ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको आयोगले जनाएको छ ।