२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ: सभापति लामिछाने



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताउनुभएको छ । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताउनुभयो ।

“देशभरको रिपोर्टिङले उत्साहित छु”, उहाँले भन्नुभयो, “सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।” उहाँले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताउनुभयो । “हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताउनुभयो । “एकछिन मतपत्र हेरेर बसेँ,” उहाँले भन्नुभयो, “ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।” देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उहाँले बताउनुभयो । बलियो र दरिलो अभियानका साथ आएको भन्दै उहाँले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताउनुभयो ।

लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको बताउनुभयो । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उहाँको भनाइ छ ।