९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा मतदातालाई धन्यवाद



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको आज सम्पन्न निर्वाचनमा सहभागी भई मतदान गर्नुहुने सबै मतदातालाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले निर्धारित मतदान समय सकिएपछि साँझ सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिनुभएको हो ।

अध्यक्ष ओलीले मतदाताको मतको सधै कदर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्षले भन्नुभएको छ– तपाईं मतदातालाई हार्दिक धन्यवाद । तपाईंको मतको सधै कदर गर्छौं ।
अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।

उहाँले आफ्नो बसोवास रहेको भक्तपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बालकोटको शान्ति आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।