२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपको भव्य उद्घाटन, ३२ टोली बीच भिडन्त हुने



अ+ अ-

बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा शुरु भएको छ । कतारको अल खोरस्थित अल बायेट रंगशालामा एक भव्य समारोह बिच उदघाटन भएको छ ।

उद्घाटन समारोहमा आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक प्रस्तुत गरिनुका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति दिएका छन् । यहि रगशालामा घरेलु टोली कतार र इक्वेडर बिच खेल भएको छ ।

प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन्।

प्रतियोगितामा आयोजक कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, इरान, अमेरिका, वेल्स, अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया, स्पेन, कोस्टारिका, जर्मनी, जापान, बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया, ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन, पोर्चुगल, घाना, उरुग्वे, र दक्षिण कोरिया भिड्दै छन् ।
फाइनलमा क्रोएसियालाई हराएर २०१८ मा दोस्रो उपाधि जितेको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो। यी टोलीहरूले विश्व(स्तरीय प्रतियोगिताको बिरूद्ध आफ्नो मुकुटको रक्षा गर्ने लक्ष्य राख्नेछन्।

अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीका लागि यो अन्तिम विश्वकप हुनेछ । उनी अहिलेसम्मकै उत्कृष्ट फुटबलरमध्ये एक मानिन्छन्। ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तिम पटक खेल्ने सम्भावना पनि उत्तिकै छ ।

यो फूटबल विश्वकप पहिलो पटक मध्यपूर्वले कार्यक्रम आयोजना गरेको हो। कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुनेछन् ।