२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ १००-मिटर दौड कुद्ने र जित्ने तरिका, जान्नुहोस्



अ+ अ-

काठमाडौं । ओलिम्पिक्समा १००-मिटर सबैभन्दा छोटो दूरीको दौड हो। यो प्रायः एकैछिनमा सकिन्छ। तर यो विधामा दौडिनु कति सहज हुन्छ त ? सन् २०१७ को वर्ल्ड च्याम्पीअन्शिपमा रजत पदक जित्ने आइभरी कोस्टकी म्यारी जोसी टा लूका प्रशिक्षक एन्थोनी कोफ्फीले केही तरिका सिकाएका छन्।

सबैजना १०० मिटरको धावक बन्न सक्दैनन् । तपाई गतिवान भएर जन्मिएको हुनुपर्छ अनि मात्र तपाई धावक बन्न सक्नुहुन्छ । १०० मिटरको दौड खेलकुदको एउटा प्रसिद्ध विधा मात्र हो । 

कोफ्फी आइभरी कोस्टका मेरी जोसी टा लू र आर्थर सिस्सेलाई पशिक्षण दिन्छन् । टा लूले दुई पटक विश्व प्रतियोगीतामा रजत पदक जितेकी छन् । १०० मिटरमा चारवटा महत्त्वपूर्ण चरण हुन्छन् भनने तपाईलाई थाहा हुनुपर्छ । 

१) प्रारम्भ: स्टार्टिङ ब्लकबाट धावकले आफ्नो मनस्थितिमा काम गर्नुपर्छ । अनि मन सहज रुपमा भएको सुनिश्चित गर्नुपर्छ । दोहोरयाउने क्रियामा धेरै अभ्यास चाहिन्छ जसबाट प्रतिक्रिया स्मरण गर्न सकिन्छ । 


 

२) ड्राइभ चरण: यसलाई दौडिन थाल्ने चरण पनि भनिन्छ । फेरी पनि धावकले पहिला नै धेरै दौडिएको हुनुपर्छ । र त्यसका लागि टन्न प्राविधिक पक्ष छन् । अनि त्यसलाई बलियो बनाउँदा सुरुमा जडतालाई छिचोलन सकिन्छ । 

३) गतिको चरण: तपाईले धेरै पटक छोटो दुरी दौडिनुपर्छ । पुनरावृत्तिबाट तपाईको स्वाभाविक गति बढ्छ । 

४) समापन:  धावकले आफ्नो गति सहनशीलता प्रयोग गर्नुपर्छ । उनीहरुले आफ्नो शक्तिसहनशीलता पनि प्रयोग गर्नुपर्छ । यी दुई गुण सङ्घर्ष गर्न सक्ने जोसले उनीहरुलाई राम्ररी दौड पूरा गर्न सघाउँछन् । उत्कृष्ट पुरुष धावकले १०० मिटर १० सेकेन्ड भित्र सक्छन् । अनि उत्कृष्ट धाविकाले ११ सेकेन्डभित्र सक्छिन् ।

 

यी चार चरणमा सफल हुन चारवटा गुण चाहिन्छ । गति, शक्ति, गति सहनशीलता अनि सङ्घर्ष गर्ने जोस । सङ्घर्ष गर्ने जोसले आफुभन्दा अगाडिका धावकलाई उछिन्न सघाउँछ ।  आनि पछाडिका धावकलाई तपाईलाई उछिन्न नदिन । (बीबीसी)