६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व प्रधानमन्त्री डा भट्टराई र पूर्व उपप्रधानमन्त्री श्रेष्ठद्वारा मतदान



अ+ अ-

गोरखा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

डा भट्टराईले आज बिहान करिब ११ः३० बजे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्नुभएको हो ।

त्यस्तै पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकास्थित परोपकार आदर्श माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । श्रेष्ठले बिहान ७:४९ बजे मतदान गर्नुभएको उहाँका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ मतदानका लागि शनिबार नै गोरखा आइपुग्नु भएको थियो ।

त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव हितराज पाण्डेले पनि गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका पौवाटारस्थित बीरभद्र प्राथामिक विद्यालयको (ख) मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सांसद हरिराज अधिकारीले गण्डकी गाउँपालिकाको दर्बुङको भगवती माध्यामिकस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।