• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

यस पटक विगतको भन्दा धेरै मत खस्छः विष्णु पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दाबी गर्नुभयो ।

उहाँले मतदाताहरुमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताउनु भयो । उहाँले निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने बताउनु भयो ।

उहाँले भन्नुभभयो, ‘मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुन्छ मतदाताहरुमा पनि उत्साह छ । यो निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजानेछ ।’

उपाध्यक्ष पौडेलले यो निर्वाचनमा नेकपा एमाले विजय हुने बताउनु भयो ।