१२ पुष २०८१, शुक्रबार
,
Latest
ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह दशगजा वारिपारि पहेँलपुर तोरीबारी खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ मेलबर्न टेस्टः भारत फलोअनको खतरामा अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि… नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यकः शंकर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ ।

आईतवार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्ने बताउनु भयो । उहाँले बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताउनु भयो ।

उहाँले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकलाई स्थायित्व, विकास र समृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ । राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्दछ । हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ । मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ । यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डो-याउनेछ ।

मेरो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि छ । म धेरै नै उत्साहीत छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र समृद्धि चाहिएको छ । त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यक्ता पर्छ । त्यसमा हामी छौँ ।’

महासचिव पोखरेलले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको बताउनु भयो ।