९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान

ढुक्क भएर मतदान गर्न सरकारको आह्वान
अ अ+ अ-

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । त्यसमा एक लाख १५ हजार म्यादी प्रहरी मात्रै रहेका छन् ।

मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन घेरामा सुरक्षाकर्मी खटिएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ । “निर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको छ, चारै सुरक्षा निकाय आफ्नो जिम्मेवारीअनुसार खटिएका छन्”, सिंहले आज साँझ रासससँग कुरा गर्दै भन्नुभयो, “ढुक्क भएर मतदान गर्ने अवस्था छ, सबै मतदातालाई आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म अनुकूल समयमा आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आह्वान गर्दछु ।”

शान्तिसुरक्षा चुनौती नगन्य रहेको जानकारी दिँदै उहाँले केही ठाउँमा नक्कली वस्तु राखेर तर्साउने गतिविधि देखिए पनि त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मी सक्षम रहेको पनि बताउनुभयो । सुरक्षाकर्मीसमेत उच्च मनोबलका साथ परिचालित रहेका उहाँले जानकारी दिनुभयो ।

कतिपय क्षेत्रका भौगोलिक परिस्थिति र प्रतिकूल मौसमको अवस्थाका बीच अदम्य साहसका साथ खटिएर निर्वाचनको सुरक्षामा कुनै कमी हुन नदिएकामा सुरक्षाकर्मीलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताउनुभयो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले मुलुकका ७७ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिसुरक्षा सामान्य रहेको जानकारी गराउनुभयो । उहाँले मतदातालाई भन्नुभयो, “मतदानमा ढुक्कले सहभागी हुनुहोस्, तपाईंहरुको सुरक्षाको जिम्मा हाम्रो भयो ।”

आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मताधिकार प्रयोग गर्दैछन् । कूल १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र रहेको र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्दै हुनुहुन्छ । रासस