२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा तीन स्थानमा मतगणना गरिने



अ+ अ-

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ ।

दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको तयारीमा जुटेको छन् । निर्वाचन क्षेत्र नं १ मा मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु गरिएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । दाङ क्षेत्र नम्बर १ को मतगणना लमही नगरपालिकाको कार्यालयमा हुनेछ ।

“मतगणनाको समयमा अप्रिय घटना नहोस् भनेर तारजालीको घेरा लगाइएको छ”, उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको दुई र प्रदेशसभाको दुई ठाउँमा एकैसाथ गणनाको व्यवस्थापन गरेका छौँ ।”

त्यसैगरी क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिमा मतगणना गर्ने र सो स्थललाई तारजाली लगाउने, सिसी क्यामरा जडान गरेर सुरक्षित गर्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुनेछ ।

क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणना गरिने तयारी गरिएको छ । मत गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडान गर्ने काम सकिएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दाङमा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्रका तीनवटै क्षेत्रबाट मतगणना गर्न थालिएको हो । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिनेसमेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङमा एक सय ५३ मतदानस्थल, चार सय ६५ मतदान केन्द्र छन् । दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ ।

अस्थायी मतदान केन्द्रबाट कैदीबन्दीले मतदान गर्नेछन् दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।