९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’

‘अशक्त मतदातालाई पहिलो प्राथमिकता’
अ अ+ अ-

काठमाडौं । देशभर एकै चरणमा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अशक्त मतदातालाई पहिलो प्राथमिकतामा राखिएको छ । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक एवं अन्य फरक क्षमता भएका व्यक्तिलाई मतदानका लागि प्राथमिकताका साथ सहजीकरण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौँ क्षेत्र नं ६ का बालविद्यापीठ मतदान केन्द्रका मतदान अधिकृत रामकुमार पौडेल भन्नुहुन्छ, “मतदान केन्द्रभित्र आइसकेपछि अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत अशक्तलाई लाइनमा नबसी पहिलो प्राथमिकताकामा राखेर मतदान गराउँछौँ ।”

मतदानमा धेरैभन्दा धेरै मतदाताको उपस्थितिका लागि राजनीतिक दल र उम्मेदवारले सहजीकरणका लागि पहल गर्ने विश्वास गरिएको उहाँले बताउनुभयो । मतदाता नामावली भएका सबै अपाङ्गता भएका, ज्येष्ठ नागरिकलगायतका सम्पूर्ण नागरिकले मतदान गर्न पाउनु समान अधिकार भएको उल्लेख गर्दै मतदान अधिकृत पौडेलले सहजीकरणका लागि विभिन्न राजनीतिक दल र उम्मेदवारलगायतका समूहले सहजताका लागि सोहीअनुसारको व्यवस्था गरेको जानकारी दिनुभयो ।

सोही सन्र्दभमा प्रतिनिधिसभा सदस्य निवार्चन क्षेत्र नं १०, नेपाली कांग्रेसका उम्मेदवार, पूर्व युवा खेलकुदमन्त्री राजेन्द्रकुमार क्षेत्रीले अशक्त व्यक्तिहरूका लागि सहज व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका मतदाताकाकोे प्रकारअनुसार विलचिअर, गाडीको व्यवस्थासहित स्वंमसेवको टोली उहाँहरूको सहजताका लागि खटाएका छौँ ।”

नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं ६९१०का उम्मेदवार निरेशलाल सिंह महर्जनले फरक क्षमता भएका व्यक्तिलाई मतदानमा सहजीकरणका व्यवस्था मिलाइएको बताउनुभयो । निर्वाचन आयोगले मतदान केन्द्रमा अपाङ्गता, ज्येष्ठ नागरिक, लगायतका अशक्त नागरिकलाई मैत्रीपूर्ण बनाउनसमेत निर्देशन दिइएको छ ।