७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको जलौदीमा पराल बोकेको ट्याक्टरमा आगलागी



अ+ अ-

तनहुँ । तनहुँको भिमाद – ३ स्थित जलौदीमा पराल बोकेको ट्याक्टरमा आगलागी भएको छ । पराल लिएर आउँदै गरेको ट्याक्टरले विद्युतको तार छुँदा विद्युत सर्ट भई आगलागी भएको हो ।

सशस्त्र प्रहरी बल र स्थानीयको प्रयासमा करिब एक घण्टामा आगो नियन्त्रणमा आएको छ ।

पराल हुरहुरी बल्न थालेपछि चालक र सहचालकले हामफालेर ज्यान जोगाएका थिए । सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो एक घन्टामा नियन्त्रणमा लिईएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।