काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला बस्न लागेको छ । दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलहुन लागेको एक नेताले जानकारी दिनुभयो । छलफलमा क्रियाशील सदस्यतामा देखिएका विवाद आगामी महाधिबेशनमा लिने रणनीतिका बारेमा छलफल हुने जनाईएको छ ।
क्रियाशिल सदस्यता बिवाद पार्टीको शीर्ष नेतृत्वबाट हसमाधान खोज्ने भनिएका पनि कुनै प्रगति नभएको , यसै बिषयलाई लिएर बाराका कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको २५ दिन हुदा पनि समाधान नखोजिएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।
सोमबार पनि सस्थापन ईतरका नेताहरुको छलफल महामन्त्री शशांक कोइराला निवासमा भएको थियो । छलफलमा पार्टीको महाधिबेशन , सरकारमा सम्मानजनक सहभागीता लगायतबिषयमा कुरा भएको थियो । छलफलमा सहभागी नेताहरुले सरकारमा सहभागीता भन्दा पनि महाधिबेशनका क्रियाशिल हुनु पर्ने आबाज उठाउदै सम्मानजनक सहभागीता नभए देउवालाई एक्लै सरकार चलाउन दिनुपर्ने बताएका थिए ।