१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस वरिष्ठ नेता पौडेल पक्ष छलफल गर्दै, महाधिवेशन सार्न खोजेको आशंका



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला बस्न लागेको छ । दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलहुन लागेको एक नेताले जानकारी दिनुभयो । छलफलमा क्रियाशील सदस्यतामा देखिएका विवाद आगामी महाधिबेशनमा लिने रणनीतिका बारेमा छलफल हुने जनाईएको छ ।

क्रियाशिल सदस्यता बिवाद पार्टीको  शीर्ष नेतृत्वबाट हसमाधान खोज्ने भनिएका पनि कुनै प्रगति नभएको , यसै बिषयलाई लिएर बाराका  कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको २५ दिन हुदा पनि समाधान नखोजिएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

सोमबार पनि सस्थापन ईतरका नेताहरुको छलफल महामन्त्री शशांक कोइराला निवासमा भएको थियो । छलफलमा पार्टीको महाधिबेशन , सरकारमा सम्मानजनक सहभागीता लगायतबिषयमा कुरा भएको थियो । छलफलमा सहभागी नेताहरुले सरकारमा सहभागीता भन्दा पनि महाधिबेशनका क्रियाशिल हुनु पर्ने आबाज उठाउदै सम्मानजनक सहभागीता नभए देउवालाई एक्लै सरकार चलाउन दिनुपर्ने बताएका थिए ।