२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्नातकोत्तर अध्ययनका लागि अमेरिका उडिन् पूर्व मिस नेपाल श्रृङ्खला



अ+ अ-

काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा स्नातकोत्तर गर्नको लागि अमेरिका उडेकी छन् । उनले हावर्ड विश्वविद्यालयमा अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न लागेकी हुन् । उनी हिजो (सोमबार) साँझ अमेरिका प्रस्थान गरेकी थिईन्। 

उनलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा सिसन बाँनिया, परिवारका केही र साथीहरु समेत पुगेका थिए ।

नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी उनले हावर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै सामाजिक सञ्जाल मार्फत खुसी समेत साटेकी थिइन् ।  खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् ।