काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा स्नातकोत्तर गर्नको लागि अमेरिका उडेकी छन् । उनले हावर्ड विश्वविद्यालयमा अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न लागेकी हुन् । उनी हिजो (सोमबार) साँझ अमेरिका प्रस्थान गरेकी थिईन्।
उनलाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा सिसन बाँनिया, परिवारका केही र साथीहरु समेत पुगेका थिए ।
नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी उनले हावर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै सामाजिक सञ्जाल मार्फत खुसी समेत साटेकी थिइन् । खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् ।