२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्तोल र गोली सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

दाङ । गढवा गाउँपालिका १ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान  गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

 पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी-३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी–८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् । 

पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियार सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।